अविरल वर्षाले सुन्तला बगैंचा बगायो , घर र गाेठ जोखिममा

पर्वत ।

हिजाे रातिको  अविरल बर्षाका कारण मोदी गाउँपालिका वडा नं २  देउपुर , काफल डाँडामा पहिरो गएको छ । पहिरोले सोही स्थान निवासी रुद्र प्रसाद शर्माको सुन्तला बगैंचा बगाएकाे छ ।  उक्त पहिरोमा परी करिब छब्बीस रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाकाे बगैंचा समेत पुरिएको छ भने खेतीयोग्य जमीनमा क्षति भएको छ । शर्माको घरको अगाडीको आँगनको भाग पुर्णरुपमा भत्किएको छ भने गोठमा समेत क्षति पुगेको छ ।  आँगन सहितकाे भाग पहिराेमा परेपिछ घर जोखिममा परेको छ ।

दुई वर्ष पहिले पनि सो स्थानमा पहिरो गई घर जोखिममा परेको थियो । शर्माले भने  – “स्थानीय  तथा प्रदेश सरकारमा हारगुहार गर्दा समेत कुनै उपाय नभए पछि आफ्नै प्रयासमा लाखौं खर्चिएर रोकथामको प्रयास गरें। तर न पैसा बच्यो न जोखिम टर्यो । ”

 

गत वर्ष भीरबाट लडेर बिस्तारामा परेका शर्माले आफ्नो दुःख पोख्दै सामाजिक सञ्जालमा भनेका छन् ” हे दैव मलाई अझै कति दुःख दिन्छस्।”  व्हील चियरमा बसेर आँगनको  पहिरो चियाउदै  उनले भने -” पानि  पर्दा घर नै बगाउने हों कि भन्ने चिन्ताले सताएको छ । जोखिम मोलेर यही घरमा बसेका छौं । अन्यत्र कहाँ जानु । ”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *