मोदीमा प्रमुख प्रशासकीय अधिकृत पुरीको स्वागतसंगै स्थानीय पाठ्यपुस्तक विमोचन सम्पन्न 

पर्वत ।

जिल्लाको मोदी गाँउपालिकामा हालै सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीलाई स्वागत गरिएको छ ।

मोदी गाउँपालिका कार्यालयमा शुक्रबार एक कार्यक्रमका बीच उहाँलाई स्वागत गरिएको हो । मोदी गाउँपालिकाका अध्यक्ष हिरा देवी शर्माको अध्यक्षता स्वागत कार्यक्रममा सञ्चालन भएको हो । अध्यक्ष शर्माले नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत पुरीलाई स्वागत गर्दै जनप्रतिनिधी र कर्मचारीबीचको सम्बन्ध नङ र मासु जस्तै हुनुपर्ने र कर्मचारीलाई जनप्रतिनिधीले काम गर्ने वातावरण सिर्जना गरिरहेको बताउनु भयो ।  कार्यक्रममा मोदी गाँउपालिकाका उपाध्यक्ष विमल लामिछानेले कर्मचारी र जनप्रतिनिधीबीचको सहकार्यले मात्र गाउँपालिकाको विकास सम्भव भएको बताउनु भयो ।

सो क्रममा प्रमुख प्रशासकीय अधिकृत पुरीले मोदीको समग्र विकास निर्माणमा हरकदम लागिरहने साथै इमान्दारी पुर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जनप्रतिनिधी र आफ्ना सहकर्मी कर्मचारीसँग मिलेर काम गर्ने बताउनुभयो । यसै कार्यक्रमका विच मोदि गाउँपालिकामा स्थानिय पाठ्यपुस्तक : हाम्रो मोदि बिमोचन तथा सार्बजनिक भएको छ । गाउँपालिकाले आधारभुत तह(१–८) को पाठ्यक्रम गत बर्षबाट नै लागु गरीरेको छ । कक्षा १ देखी ३ सम्मको पाठ्यपुस्तक गाँउपालिकाका अध्यक्ष,उपाध्यक्ष र नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले पाठ्यपुस्तक विमोचन गर्नुभएको हो ।

पाठ्यपुस्तक छपाई सकिए लगतै मोदीको आधरभुत बिधालयमा तत्कालै पुस्तक पठाउने काम भईरहेको सामाजिक विकास शाखा प्रमुख दिनेश शर्माले जानकारी दिनुभयो । स्थानीय पाठ्यपुस्तकमा स्थानिय स्तरमा रहेका मुल्य मान्यता, कला संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने खालका बिषयवस्तु समेटीएको छ। गाउँपालिकाले स्वागत सगै पाठ्यपुस्तक विमोचन कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा अन्य नवआगन्तुक कर्मचारीलाई पनि स्वागत गरीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *