लेस्पारमा पर्यटन प्रवर्द्धन तथा आतिथ्यता सत्कार सम्बन्धी तालिम सम्पन्न

लेस्पारमा पर्यटन तथा आतिथ्यता तालिम सम्पन्न  जिविकोपार्जन कार्यक्रम अन्तर्गत मोदी गाउँपालिका–०४ लेस्पारमा सञ्चालन गरिएको पर्यटन प्रवर्द्धन तथा आतिथ्यता सत्कार सम्बन्धी तालिम सम्पन्न भएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित उक्त तालिम समापन कार्यक्रमसहित औपचारिक रूपमा टुंगिएको हो। तालिमले लेस्पार क्षेत्रको ग्रामीण पर्यटन विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास गरिएको छ।

स्थानीय स्तरमै पर्यटन सम्भावनालाई उजागर गर्दै आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले बताए । तालिममा २५ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी महिलाहरूले आतिथ्यता सेवा, पर्यटकसँगको व्यवहार, स्थानीय स्रोत–साधनको उपयोग तथा पर्यटन प्रवर्द्धनका आधारभूत सीपहरू हासिल गरेका छन्। यसले उनीहरूको सीप विकाससँगै आत्मनिर्भरता अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

स्थानीयस्तरमा यस्ता सीपमूलक तालिमले महिलाहरूको सशक्तीकरण तथा आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिएका छन् । तालिम विपन्न, दलित, एकल महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *