गण्डकी प्रदेशका सबै मन्त्री फेरिए

पोखरा ।

गण्डकी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सबै मन्त्रीलाई हटाएर नयाँलाई आफ्नो क्याबिनेटमा सहभागी गराएका छन् । ९ सदस्यीय मन्त्रिपरिषद्लाई मुख्यमन्त्री पाण्डेले पुनर्गठन गरेका हुन् ।   मुख्यमन्त्री पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।

पुनर्गठित मन्त्रिपरिषद्मा कांग्रेसबाट ४ र एमालेबाट ४ जना सहभागी भएका छन् । जसअनुसार कांग्रेसबाट जित शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री र नम्डु गुरुङ वन तथा वातावरणमन्त्री बनेका छन् ।   यसैगरी  एमालेबाट गोविन्द बहादुर नेपाली  भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे  कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्की स्वास्थ्य मन्त्री बनेका छन् ।  ।

यसअघि डा टकराज गुरुङले अर्थ, विन्दुकुमार थापा सामाजिक,  भेषबहादुर पौडेलले वन,  पद्मा जिसीले कृषि, कृष्ण पाठक स्वास्थ्य, प्रकाश केसीले भौतिक र मित्रलात बस्यालले पर्यटन मन्त्रालय सम्हालेका थिए ।   यसअघि मुख्यमन्त्री पाण्डे आफैंले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *