वनमा लागेको आगो बस्तीमा पस्दा तारा खोलामा तीन घर जले

बागलुङ ।

जिल्लाको सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पुग्दा तीन घर जलेर नष्ट भएका छन्। चार दिन अगाडिदेखि वडा नम्बर १ र २ को सिमानामा रहेको नुनथला सामुदायिक वनमा लागेको आगो सोमबार साँझ वन नजिकै रहेको वडा नम्बर २ को गुराँसे गाउँमा फैलिएको थियो।

मानवबस्तीमा आगो फैलिँदा तीन घर र पाँच गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।आगलागि हुँदा ताराखोला गाउँपालिका–२ को गुराँसेटोलका फुल कुमार दर्जीको एक घर र एक गोठ, ईश्वरा दर्जीको एक घर र एक गोठ, नर बहादुर दर्जिको एक घर र एक गोठ, अमृतालाल दर्जीको एक गोठ र याम बहादुर दर्जीको एक गोठ जलेर पूर्ण रुपमा नष्ट भएको हो ।

आगलागीबाट घरमा रहेका सबै सामग्री जलेर नष्ट भएका छन् भने दुहुना भैंसी, बाख्रा गरी १० वटा चौपाया जलेर मरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *