पर्वत ।
कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गरेको थियो ।सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा कोजाग्रत पूर्णिमाका दिन बिदा हुने भएको हो ।
कोजाग्रत पूर्णिमा वाहेक चैते दसैं र भानुजयन्तीमा समेत गण्डकीमा सार्वजनिक बिदा भएको थियो ।प्रदेश सरकारको स्थापना दिवसका दिन फागुन ४ गते पनि बिदा दिँदै आएकामा यस वर्ष भने उक्त बिदा कटौती गरिएको छ ।