आजदेखि सरकारी कार्यालय खुल्ने

पर्वत ।

आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन्। बडादसैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्न लागेका हुन्। सरकारले दसैं मनाउन ५ दिन बिदा दिएको थियो।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको पूजा आराधाना गरिएको थियो भने विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमासम्म जारी रहन्छ।

सरकारी कार्यालयहरू खुले पनि शिक्षण संस्थाहरु भने कोजाग्रत पूर्णिमासम्म बन्द रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *