पर्वत ।
गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सोडेक नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाका कार्यक्रमहरूको बिहीबार अनुगमन गरिएको छ ।
मोदी गाउँ पालिकाको वडा नं २ देउपुरमा रहेको जन नेत्र माविमा चलिरहेको आइसिटी कार्यक्रममको अनुगमन गरिएको हो ।
गुड नेवर्स इन्टरनेसनलका पश्चिम एसिया क्षेत्रीय कार्यालयका कोअर्डिनेटर योंसिक आनकाे नेतृत्वमा आएको टोलीले विद्यालयमा सञ्चालन भई रहेका स्मार्ट कक्षा, कम्प्युटर ल्याब, पुस्तकालय लगायतका कार्यक्रमहरूको अनुगमन गरेको हो ।
टोलीले विद्यालयमा अध्यापनरत शिक्षकहरू, अभिभावक तथा विद्यार्थीहरूसँग समेत अन्तरकृया गरेको थियो । अन्तरकृया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गुड नेबर्श इन्टरनेसनलका पश्च्चिम एसिया क्षेत्रीय कार्यालयका संयोजक योङसिक आङले आफ्नो देश कोरियाका नागरिकहरूले गरेको धेरै वर्षको कठोर परिश्रमकाे फलस्वरूप आजको विकसित देश बन्न सफल भएको र नेपालले पनि त्यसबाट पाठ सिक्दै राष्ट्रको निम्ति कडा परिश्रम गर्नु पर्ने बताउनु भयो । उहाँले सुन्दर देश नेपाललाई विकसित बनाउन शिक्षाको क्षेत्रमा सहकार्य गरेर अगाडि बढी रहेको बताउनु भयो।
उक्त कार्यक्रममा गुड नेबर्स इन्डिया प्रतिनिधि सन्दिप गुप्ता, नेपाल प्रतिनिधि धर्मेन्द्र कर्ण लगायतले आफ्ना विचार र अनुभब व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा गुड नेबर्स इन्टरनेशनल नेपालका सुस्मिता सुब्बा यादव, पर्वत संयोजक मन कुमार राई, सोडेक नेपालका अध्यक्ष देवी प्रसाद तिमिल्सिना, नब चेतना सामुदायिक विकास केन्द्रका अध्यक्ष गोपाल दास पौडेल, सोडेक नेपालका शिक्षा तथा संरक्षण अधिकृत ऋषिराम भुसाल लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा विद्यार्थीहरुले स्वागत गीत , स्काउट नृत्य समेत प्रस्तुत गरेका थिए भने शिक्षकहरुले प्रविधिको प्रयोग गरी शिक्षण सिकाइ कार्यको समेत प्रदर्शन गरेका थिए ।
सो संस्थाले विद्यालयमा कम्प्युटर, प्रोजेक्टर, प्रिन्टर उपलब्ध गराउनुका साथै ३९ जना विद्यार्थीहरुलाई नियमित स्टेशनरी, पोशाक लगायतका सामग्रीहरू सहयोग गर्दै आई रहेको छ भने शिक्षकलाई तालिम समेत प्रदान गर्ने गरेको छ ।
