बाजुङ समाज काठमाडौंको विशेष भेला सम्पन्न

पर्वत ।

पर्वत मोदी गाँउपालिका ५ बाजुङ घर भई काठमाडौं उपत्यकालाई कर्म थलो बनाएका सम्पूर्ण बाजुङेलीहरूको विशेष भेला सम्पन्न भएको छ । साझा सामाजिक संस्थाका रूपमा रहेको विशेष भेलाले “बाजुङ समाज, काठमाडौं” ओैपचारिक रूपमा गठन गरेको छ।

काठमाडौंलाई कर्मथलो बनाएका ८९ वर्षीय गजाधर सुवेदीले पानसमा बत्ती बालेर भेलाको उद्घाटन गर्दै बाजुङ समाजको उत्तरोउत्तर प्रगतिको कामना गर्नुभयो।

भेलामा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष तथा प्राध्यापक डा. खड्ग केसी, गण्डकी प्रदेश सभाका सदस्य माननीय भक्त कुँवर, मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले शुभकामना व्यक्त गर्नुभयो। विशेष भेलाले बाजुङ समाज गठनसम्बन्धी ९ बुँदे प्रस्ताव पारित गर्दै देवबहादुर कार्कीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ।

पहिलोपटक आयोजना गरिएको भेलामा बाजुङेली १५० भन्दा बढी परिवारका सदस्यहरूको सहभागिता रहेको थियो । भेलामा कलाकारहरू लक्षुप्रकाश मल्ल, अन्जानबाबु,सुसेला सङ्गीत समूहका ठाकुर सुवेदी, निवेक्षा कोइराला, विमला लामा, सौरभ ढकाल, अर्जुन न्यौपाने,सागरराज कुँवरलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *