विज्ञान शिक्षक समाज पर्वतको अधिवेशन सम्पन्न : अध्यक्षमा प्रमोद सुवेदी

पर्वत ।

विज्ञान शिक्षक समाज पर्वतको  पहिलो अधिवेशन आदर्श मावि कुश्माकाे स्मार्टहलमा हिजो शनिबार सम्पन्न भएको छ । उक्त अधिबेशनले सर्ब सम्मत रुपमा प्रमोद सुवेदीको अध्यक्षतामा  जिल्ला कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा अरुण कुमार उपाध्याय, सचिब याम नारायण चापागाईं, सहसचिव मनाेज न्याैपाने, काेषाध्यक्ष दिपेन्द्र लामिछानेलाई निर्वाचित गरेको छ । समितिका सदस्यहरूमा माेदी गाउपालिकाबाट दिपक शर्मा पौडेल, कुश्मा नगरपालिकाबाट ऋषिराम शर्मा, जलजला गाउपालिकाबाट दिनेश पाैडेल, फलेवास नगरपालिकाबाट श्रीराम भुषाल, महाशिला गाउँपालिकाबाट लेखनाथ अधिकारी,     बिहादी गाउपालिकाबाट बिष्णुप्रसाद लामगादे र पैयुँ गाउपालिकाबाट सुदर्शन रेग्मी रहनु भएको छ । त्यसैगरी केन्द्रीय प्रतिनिधिमा राजेन्द्र रिजाल र प्रदेश प्रतिनिधिमा थान प्रसाद भुषाल चयन हुनु भएको छ ।

जिल्ला कार्यसमितीका तदर्थ समिति अध्यक्ष प्रमोद सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका सचिब याम नारायण चापागाईंले गर्नुभएको थियो। कार्यक्रममा पर्वत जिल्लाका सातवटै पालिकाबाट विज्ञान बिषय अध्यापन गराउने ५३ जना भन्दा बढी विज्ञान शिक्षकहरूकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्दिमराज पाैडेल, विशिष्ट अतिथि कुश्मा नगरपालिका शिक्षा शाखाका प्रमुख दिपक सुवेदी, त्यसैगरी विशिष्ट अतिथि विज्ञान शिक्षक समाज गण्डकी प्रदेशका संयाेजक राजकुमार ढकाल रहनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *