आफूलाई मन्त्री नभन्न र खादा मालाले स्वागत नगर्न महावीर पुनको घोषणा ; पाँच महिना भित्र गर्न सकिने काम ह्वाटस्एपमा पठाउन अनुरोध

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएका महावीर पुनले आफूलाई ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह गरेका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत पहिलो घोषणा गर्दै उनले आफूलाई मन्त्री नभन्न आग्रह गरेका हुन्।

उनले आफूलाई मन्त्री भएकोमा बधाई भनेर फोन नगर्न र खादा माला लिएर नआउन आग्रह गरे। उनले शिक्षा विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने ठोस काम भए ह्वाटसएपमा पठाउन आग्रह गरे।

‘मेरो पहिलो घोषणा – कसैले पनि “लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आईडिया छ भने मेरो ह्वाटसपमा पठाउनु होला । मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री भन्नु होला’ उनले लेखेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *