जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने सरकारको निर्णय

काठमाण्डौ ।

भदौ २३ र २४ को घटना सम्बन्धमा बनेको जाँचबुझ आयोगको म्याद थप भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने निर्णय गरेको हो।

अन्तिम प्रतिवेदन तयार नभएपछि आयोगले सरकारलाई म्याद थप्न आग्रह गरेको थियो। यसअघि पनि आयोगको म्याद थपिँदै आएको छ।

त्यस्तै सरकारले राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत गर्ने र नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *