काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, साँझ ८ बजे पत्रकार सम्मेनल गरेर नतिजा सार्वजनिक गरिनेछ ।
विद्यार्थीले भने ९ बजेपछि नतिजा हेर्नसक्ने उनले बताए । ‘पत्रकार सम्मेलन ८ बजे गर्ने । नतिजा हेर्न ९ बजे मिल्छ’, उनले भने । परीक्षा बोर्डले बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भने गरिसकेको छ । एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।