काठमाडौं ।
प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेसँगै स्थगित भएको हो ।
सभामुख देवराज घिमिरेले अर्काे बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
आज असार १५ गते विद्यालय शिक्षा विधेयक संसदमा पेश भइ पारित गर्ने सहमति सरकारले शिक्षकहरुसँग गरेको थियो । उक्त विधेयकमाथि संसदीय समितिमा छलफल टुंगिएको छैन ।