भमरकोट क्षेत्रमा वृक्षारोपण; १ सय ५ गुराँसका बिरुवा रोपियो 

पर्वत ।

जिल्लाको मोदी गाउँपालिकाको भमरकोट क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सामाजिक संघ संस्थाहरुको सक्रियतामा शनिबार १०५ ओटा गुराँसका बोटहरू रोपिएको हो ।

जननेत्र स्काउट, जूनियर रेडक्रस सर्कल, स्थानीय मुसुरबारी बन उपभोक्ता समिति, जन प्रतिनिधि लगायत स्थानीय बासिन्दाहरूको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यमा मोदी गाउँ पालिका जोगिथुम घर भई हाल अस्ट्रेलिया निवासी समाजसेवी व्यक्तित्व इन्द्र गुरुङले आर्थिक सहयोग प्रदान गर्नु भएको कार्यक्रमका संयोजक देवेन्द्र गिरीले जानकारी दिनु भ्यो । कार्यक्रममा वडा नं २ का वडाध्यक्ष बेल बहादुर कार्की, मोदी स्काउटका प्रमुख आयुक्त महेन्द्र लामिछाने, कालिका मन्दिर तथा भमरकोट मन्दिरका मूल पुजारी विष्णु प्रसाद सुबेदी, स्काउट शिक्षक यामनाथ पौडेल, बन समिति अध्यक्ष गोविन्द परियार, समाजसेवी डम्बर विक लगायत करिब ४० जनाको सहभागिता रहेको थियो ।

वृक्षारोपण कार्यक्रममा बोल्दै वडाध्यक्ष बेलबहादुर कार्कीले भमरकोट क्षेत्रको जैविक विविधताको संरक्षण तथा सौन्दर्य करणका लागि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। त्यसै गरी मोदी स्काउटका प्रमुख आयुक्त महेन्द्र लामिछानेले मानविय सेवा तथा वातावरण संरक्षणको क्षेत्रमा स्थानीय जननेत्र स्काउट तथा अन्य संस्थाहरुले खेलेंको भूमिकाको प्रशंशा गर्नु भयो । मूल पुजारी विष्णु प्रसाद सुवेदीले पावन भमरकोट क्षेत्रको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वको बारेमा जानकारी दिँदै यसको श्रीवृद्धिका लागि यस्ता रचनात्मक कार्यहरूले टेवा पुर्याउने विचार व्यक्त गर्नु भयो ।

गत वर्ष पनि अस्ट्रेलियन स्काउट र जन नेत्र स्काउटको सहकार्यमा सो क्षेत्रमा वृक्षारोपण गरिएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *