पर्वत ।
शुक्रवार मोदी गाँउपालिका ५ भुममा आगलागी हुदाँ करिब ३० लाख बराबरको क्षति भएको छ ।
मोदी गाउँपालिका वडा नम्बर ५ बाजुङ भुम गाउँमा रहेको हरी सुबेदीको घरमा विद्युत ‘सट’ हुँदा आगलागी भएको हो। दिउँसो १:५५ बजे सुबेदीको घरमा विद्युत ‘सट’ भई आगोलागी हुँदा घरमा पुर्ण रुपमा क्षती भई आगलागीबाट नगद तथा जिन्सी गरी करिब ३० लाख बराबरको क्षति भएको छ ।
आगलागिबाट सुन, काठको बक्स ,टि.भी, टेवल, दराज र गलैँचा लगायतका सामाग्री जलेर नष्ट भएको जनाईएको छ । यस्तै, धान ,कोदो जलेर नष्ट भएको छ ।आगलागीबाट कुनै पनि मानविय तथा चौपाया क्षति नभएको स्थानीयले जनाएका छन ।
