मोदीको क्याङ्मा पाठेघरको मुखको क्यान्सर निशुल्क जाँच शिविर सम्पन्न

पर्वत ।

जिल्लाको मोदी गाँउपालिका ४ क्याङमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वरिष्ठ इन्जिनियर नवराज शर्माले संयोजन गर्नुभएको शिविरमा सय जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् ।

धुलिखेल अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर अनिला साक्य र प्रसुति तथा स्त्री रोग अस्पतालका वरिष्ठ कल्सटेन्ट प्याथोलोजिष्ट डाक्टर करिश्मा मल्ल बैध लगायतको चिकित्सक र स्वास्थ्यकर्मीको टिमले स्वास्थ्य परीक्षण गरेको थियो ।

ग्रामीण क्षेत्रका महिलाको मुख्य समस्याको रुपमा पाठेघर सम्बन्धी रोग र समस्याहरुको निदानका लागि शिविर महत्वपुर्ण हुने र महिलाले पाठेघर सम्बन्धी समस्या खुलेर नभन्ने रोग लुकाएर बस्ने गाउँका आमा दिदीबहिनीहरु प्रसुति भएको महिना दिन नबित्दै काममा लाग्नुपर्ने, खानपिन र सरसफाई पनि नमिल्ने भएकाले पाठेघरमा छिट्टै सक्रमण हुने गरेको मोदी गाँउपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो । वडाको मात्र नभई मोदी गाँउपालिका भरीका महिलाहरुको पाठेघरको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने र महिलाहरुलाई पाठेघरको क्यान्सरबाट बच्न र बचाउन पहल गर्ने शर्माले बताउनुभयो ।

आफ्ना भनाईहरु राख्दै डाक्टर अनिला साक्यले पाठेघरको मुखको क्यान्सर विश्वमा भयाभय अवस्थामा फैलिरहेको ,सुरुमै पत्ता लगाउन सके बिरामीलाई बेलैमा उपचार गर्न सकिने बताउनुभयो पाठेघरको मुखको क्यान्सर सजिलै पत्ता लाग्ने र यसको रोकथाम सजिलै  गर्न सकिने भएकोले महिलाले पाठेघरको मुखको परिक्षण गर्न अति आवश्यक रहेको सबै महिला दिदिबहिनीहरुलाई समयमा चेकजाँच गर्न पनि उहाँले सुझाव दिनुभयो ।

मोदी गाँउपालिकाको भौगोलिक हिसाबले दुर्गम ठाँउमा पनि निशुल्क शिविर सञ्चालन गराएर स्वास्थ्य परिक्षण गरेका महिलाहरुले खुसी व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *