आगामी चौबीस घण्टा भारी देखि अति भारी वर्षा हुने, सतर्कता अपनाउन महाशाखाको आग्रह

पर्वत ।

आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार प्राय: सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुनेछ भने धेरै ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।

महाशाखाले केही जिल्लालाई खतराको रातो सूचीमा समावेश गरी ती जिल्लाका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *