आज कार्तिक कृष्ण औंशी अर्थात् गाई तिहार

पर्वत।

आज सोमबार कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार हो । यो दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ ।

यो दिन विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ। औँसीका दिन बिहान गाईपूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ।

आइतबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ। सोमबार बिहान गाईको पूजा गरिँदैछ।

आइतबार १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटमा औँसी लागेको हो। सोमबार २० घडी ४४ पला अर्थात् दिउँसो २ बजेर ४४ मिनेटसम्म औँसी रहने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *