अर्घाखाँची बस दुर्घटना : चालक सहित मृत्यु हुनेको संख्या ४ पुग्याे , २७ जना घाइते

पर्वत ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका दुर्गाफाट कुरुलेमा बस दुर्घटनामा ४ जनाको मृत्यु र २७ जना घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा कास्की र पर्वतका ४ जना रहेका छन् र घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ। बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक जानकारी छ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अन्य २७ जना घाइते छन् ।

सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी-८ को कुरुलेफाँट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका-१९ की ७८ वर्षीया राममाया बस्नेत,  सोही ठाउँकी ७८ वर्षीया बिन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका-५ की ५० वर्षीया कौशिला रेग्मी र सोही ठाउँका बस चालक ४५ वर्षीय रमेश जिसी रहेको र्घाखाँचीका प्रहरी प्रमुख डीएसपी दिवसबहादुर जिसीले बताए ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूकाे लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *