पर्वत ।
मोदी गाउँपालिकाको आयोजनामा राष्ट्रीय खोप कार्यक्रम दादुरा रुवेला खोप अभियान २०८०/०८१ स्थानीय तह खोप समन्वय समिति तथा सञ्चारकर्मी सग अभिमुखीकरण कार्यक्रम गाउँपालिकामा सम्पन्न भएको छ।
गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको हो । गाउँपालिकाका उपाध्यक्ष विमल लामिछाने , प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा,बिभिन्न वडाका वडाध्यक्षहरु ,योजना शाखा प्रमुख प्रवीण पोख्रेल ,गाँउपालिका अन्तर्गतका स्वास्थ्य संस्था प्रमुखहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, सञ्चारकर्मी लगायतको सहभागितामा सम्पन्न कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख उमेश अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा सञ्चारकर्मी, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, उपाध्यक्ष तथा अध्यक्षहरुले सुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
गाउँपालिकाका विभिन्न स्थानमा २४ वटा खोप केन्द्रबाट १२४७ जना ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई खोप दिने लक्ष्य रहेको छ । यसकालागी स्वास्थ्यकर्मी, स्वयंसेवक तथा खोप लगाए पछि देखापर्ने अवान्छित घटनाको व्यवस्थापन गर्ने टोलि खटिने छ । मोदी गाउँपालिकामा खोप अभियान फल्गुण २१ गते प्रारम्भ भै २५ गते सम्पन्न हुने छ ।
