पर्वत ।
नेकपा एमाले मोदीका पूर्व इन्चार्ज दाताराम चापागाई राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ । हालै बसेको रास्वपा मोदी गाउँ पालिकाको बैठकले चापागाईलाई सभापतिमा चयन गरेको हो ।
अघिल्लो स्थानीय निर्वाचनको समयमा चापागाईले नेकपा एमालेको तर्फबाट मोदी गाउँ पालिकाको इन्चार्जको समेत जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँ एमाले पर्वतको पूर्व जिल्ला कमिटी सदस्य तथा गण्डकी प्रदेश सदस्य समेत हुनुहुन्थ्यो । पञ्चायत काल देखि नै बामपन्थी राजनीतिमा सक्रिय चापागाईंले स्थानीय विभिन्न सामाजिक संघ संस्थाहरुको नेतृत्व गर्दै आउनु भएको थियो ।
त्यसैगरी सो पार्टीको उपसभापतिमा देवी लामिछाने चयन हुनु भएको रास्वपा पर्वतका सभापति रुद्र प्रसाद शर्माले जानकारी दिनुभयो । पूर्व माओबादी पृष्ठभूमिकी नेतृ लामिछाने नेपाल समाजवादी पार्टीको गण्डकी प्रदेश सदस्य पदमा रही काम गर्नु भएको थियो ।
