पर्वत।
पर्वत जिल्लाबाट हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवारको टुंगो लगाएका छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार आज मनोनयन दर्ता हुँदैछ भने अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूको अन्तिम विवरण मनोनयन दर्ता पश्चात् सार्वजनिक हुनेछ।
प्रमुख दलतर्फ नेपाली कांग्रेसले केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीलाई उम्मेदवार बनाएको छ। नेकपा एमालेबाट केन्द्रीय सदस्य पदम गिरी चुनावी मैदानमा उत्रिएका छन्। त्यस्तै, नेकपाबाट मनहरी तिमिल्सिना उम्मेदवार चयन भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले सागर भुसाललाई प्रतिनिधिसभा सदस्यका लागि अघि सारेको छ।
यस निर्वाचनमा पर्वतका मतदाताले जिल्लाको विकास, सुशासन र समृद्धिका मुद्दालाई केन्द्रमा राख्दै उपयुक्त उम्मेदवार चयन गर्ने अपेक्षा गरिएको छ। अब उम्मेदवार छान्ने अन्तिम जिम्मेवारी मतदाताकै हातमा रहेको छ।