एक दिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल आज , भारत र न्युजील्याण्ड भिड्दै

काठमाडौं।

एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनल आज बुधबार हुँदैछ।

आज दिउँसो २.१५ बजे भारतको बन खडे स्टेडियममा हुने पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले भारतको सामना गर्दैछ। घरेलु मैदानमा जारी विश्वकपमा भारत अपराजित एउटै मात्र टिम हो।

यो विश्वकपका नौ वटा खेलमा भारत अपराजित टिम हो ।   भारतको बलिङ र ब्याटिङ उत्तिकै चुस्त देखिन्छ।  न्युजिल्यान्ड चार खेलमा पराजित हुँदै रनरेटको आधारमा सेमिफाइनलमा पुगेको हो।

पहिलो सेमिफाइनल भारतसँग खेलेर न्युजिल्यान्ड फाइनल पुग्ने तयारीमा छ भने भारत आफ्नै भूमिमा विश्वकप उपाधि उचाल्ने दाउमा छ । अर्को सेमीफाइनल खेल भोलि दक्षिण अफ्रिका र अस्ट्रेलिया बीच हुने छ भने फाइनल खेल मंसिर २ गते हुने छ ।

दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्दैछ। यो प्रतिस्पर्धा बिहीबार इडन गार्डेनमा हुँदैछ। विश्वकप २०२३ को फाइनल  मंसिर २ गते हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *