पोखरा।
गण्डकी प्रदेशको मुख्य मन्त्रीमा नेपाली कांग्रेसका सांसद सुरेन्द्र राज पाण्डे नियुक्त हुनु भएको छ । सर्विचको आदेश बमोजिम पाण्डे मुख्य मन्त्रीमा दोस्रो पटक नियुक्त हुनु भएकाे हाे।
बुधबार पदभार ग्रहण गर्नुहुँदै गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकार मातहतका १२ वटा अस्पतालहरुमा गर्भवती तथा सुरत्केरी महिलाकालागि आवास स्थापना तथा संचालन गर्ने र स्थानीय तहलाई कानुनी ज्ञान भएका जनशक्ति ब्यवस्थापन गर्न न्यायिक सहजकर्ताको छनौट तथा ब्यवस्थापन र परिचालनकालागि स्थानीय न्यायिक सहजकर्ता (नियुक्ती तथा परिचालन) कार्यविधि २०८१ तर्जुमा गर्ने निर्णय गर्नुभएको छ ।