जाजरकोट ।
गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ ।
भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए ।
उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।
उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।
गए राती गएको भूकम्पमा परी जाजरकोटमा मात्रै ३७ जनाको निधन भएको छ ।
जाजरकोट अस्पताल विकास समितिका अध्यक्ष डम्बरबहादुर सिंहका अनुसार, अस्पतालमा ल्याएकामध्ये ३७ जनाको निधन भएको छ, घाइतेहरू ल्याउने क्रम जारी रहेको छ ।