पर्वत ।
मोदी गाँउपालिकाले हाते ट्याक्टर (मिनि टिलर) मर्मत तथा हियर कटिङ्ग तालिम बुधबार देखि शुरु भएको छ । युवाहरुलाई सीपयुक्त बनाई स्वरोजगार सिर्जना गर्ने उद्देश्यका साथ सो तालिम शुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै मोदी गाँउपालिकाका उपाध्यक्ष विमल लामिछानेले आधुनिक प्रविधिको अधिकतम प्रयोगले उत्पादन बढाउन सकिने बताउनु भयो । उहाँले भन्नुभयो,अव कृषकहरुले जमना अनुसारको प्रविधिको प्रयोग गर्नु पर्दछ ।’ कृषकहरुलाई गत बर्षहरुमा खनजोतको लागि सहज गराउन हाते ट्याक्टर बितिरण गरिरहेको जानकारी गराउदै लामिछानेले यसको सहि समयमा मर्मत र स्याहार नहुँदा छिट्टै प्रयोगहिन हुने अवस्थामा पुग्ने गरेको बताउनुभयो । साथै कृषि कामका लागि गाँउगाँउ पुर्याईएको हाते ट्याक्टर गाँउमा नै मर्मत गर्न सक्षम बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बताउदै सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै मोदी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले हाते ट्याक्टर चलाउन मात्रै नभई घर गाँउमा नै सामान्य मर्मत गर्न जान्दा मात्र पनि ठुलो रकमको बचत हुने धारणा राख्नुभयो । साथै हियर कटिङ्ग तालिमबाट युवाहरुलाई रोजगार बनाउन पालिका केन्द्रीत रहेको बताउनुभयो ।
उधम शाखा संयोजक सिता शर्माले गाँउगाँउमा बिग्रिएर बसेका हाते ट्याक्टरहरु तालिम पश्चात प्रयोगमा आउने बिश्वास व्यक्त गर्नुभयो ।दीगो बिकासको लक्ष्य प्राप्तीका लागि सबै युवाहरु आ–आफ्नो ठाउबाट लाग्नु पर्ने बताउदै युवाहरुकको माग र आवश्यकताका आधारमा मिनि टेलर मर्मत तथा हियर कटिङ्ग तालिम राखिएको बताउनुभयो
तालिममा ८ वटै वडाका ५० जना युवा ,कृषक तथा उधमीहरुको सहभागिता रहेको छ । हाते ट्याक्टर (मिनि टेलर) मर्मत तालिम १५ दिन र हियर कटिङ्ग तालिम १ महिना सञ्चालन गरिने बताईएको छ ।