काठमाडौं ।
सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताउनु भयो ।
बैठकले जेनजी आन्दोलनमा मृत्यु भएका परिवारलाई १५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो।शवलाई सम्बन्धित स्थानमा पुर्याउन पनि सरकारले सहजीकरण गर्ने निर्णय भएको मन्त्री अर्यालकले जानकारी दिनु भयो ।