बिल बिजक नभएको १४ बोरा अवैध अलैंची डिमुवाबाट बरामद

पर्वत ।
जिल्ला प्रहरी कार्यालय पर्वतले बिल बिजक नभएको अवैध अलैंची बोकेको सवारीसाधन नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार सोमबार साँझ करिब ६ बजे प्रहरी चौकी देउपुर डिमुवाबाट खटिएको प्रहरी टोलीले मोदी गाउँपालिका–६, डिमुवा स्थित पोखरा–बागलुङ सडकखण्डमा कुश्माबाट पोखरातर्फ जाँदै गरेको ध १ ज १०१७ नम्बरको ट्याक्सीलाई शंकाका आधारमा जाँच गरेको थियो।

जाँचका क्रममा ट्याक्सीभित्र बिल बिजक नभएको १४ बोरा अलैंची फेला परेको प्रहरीले जनाएको छ। बरामद अलैंचीसहित ट्याक्सीलाई आवश्यक कारबाहीका लागि मोदी गाउँपालिकाको कार्यालय, पातीचौर पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

प्रहरीले अवैध कारोबार तथा बिलबिजकविहीन सामानको ओसारपसार नियन्त्रणका लागि चेकजाँचलाई निरन्तरता दिइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *