स्काउट स्थापना दिवसको उपलक्ष्यमा प्रभातफेरी कार्यक्रम सम्पन्न

पर्वत ।

जिल्लाको नवजागृत मा.वि स्काउट ट्रूप द्वारा ७४ औं राष्ट्रीय स्काउट स्थापना दिवसको उपलक्ष्यमा प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ ।स्काउटको स्थापना दिवसको अवसरमा नवजागृत स्काउट ट्रूपले प्रभात फेरी कार्यक्रम संगै डिमुवा पातिचौर बजारमा र विद्यालय परिसरमा सरसफाई गरेको हो।

प्रभातफेरीमा सहभागी विद्यार्थीहरुले विपद्मा स्काउट,पिडामा परेको हरेक प्राणीलाई उद्धारमा सहयोग गरौं, रमिते नबनौं, समाजमा समभाव कायम गरौं, अरुको पिडामा अनुशासन पूर्वक मह्लम लगाउँ, मानवको पहिलो धर्म मानवताको रक्षा हो जस्ता प्लेकार्ड बोकेका थिए।विद्यार्थीहरुलाई अनुशासित,स्वालम्बी बनाउन,आत्मरक्षा गर्न,र विपद्बाट जोगिन स्काउटले ठुलो भुमिका खेल्ने विद्यालयका प्रध्यानध्यापक बिष्णु सुबेदीले जानकारी दिनुभयो ।

साथै गाँउपालिकाले स्काउट पोशक वितरण गरेको छ।पशुपति मा.वि राम्जा र नवज्योती थम मावि मोदी १ भुकमा स्काउट पोशक वितरण गरीएको हो ।मोदी गाँउपालिका भित्रका विद्यालयहरुलाई स्काउटिङ मार्फत विद्यार्थीहरुलाई अनुशासित र स्वावलम्बी बनाई पालिका विकास कार्यमा सहभागी गराउने लक्ष्य रहेको गाँउपालिकाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *