पर्वतमा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

पर्वत ।

जिल्लामा आजबाट सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य तत्कालै सुरु गरिएको छ। सदरमुकाम कुश्मास्थित शिक्षा विकास तथा समन्वय ईकाईको कार्यालयमा आजैदेखि परीक्षण कार्य थालिएको हो।

समन्वय ईकाई प्रमुख मतिलाल चपार्इंका अनुसार जिल्लाका सबै ९ वटा परीक्षा केन्द्रबाट उत्तरपुस्तिकाहरू सदरमुकाम आइपुगेलगत्तै समय तालिका निर्धारण गरी परीक्षण र सम्परीक्षण सुरु गरिएको छ।  अबका परीक्षाहरूमा पनि जुन दिनको परीक्षा हो, सोही दिन उत्तरपुस्तिका परीक्षण गरिने कार्ययोजना बनाइएको छ।

चैत ३० गतेभित्र सबै विषयको उत्तरपुस्तिका परीक्षण सम्पन्न गरी नम्बर पानाहरू (Score Sheets) केन्द्रमा पठाइसक्ने लक्ष्य राखिएको छ।  यस वर्ष पर्वत जिल्लाबाट नियमिततर्फ १,६८३ जना विद्यार्थीले परीक्षाका लागि फारम भरेका थिए।  आज सम्पन्न अनिवार्य अंग्रेजी विषयको परीक्षामा ९ जना विद्यार्थी अनुपस्थित रहेका छन्। जिल्लाभर परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *