पर्वत ।
जिल्लाको मोदी गाउँ पालिका वडा नं २ मा रहेको मोदिखोला बहुउद्देश्यीय सहकारी सस्था काे १६ अाैं बार्षिक साधारणसभा तथा छैटौं अधिबेशन सम्पन्न भएको छ ।
उक्त भेलाले बेद प्रसाद तिमिल्सिनाकाे अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सर्व सम्मतिले चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा रामचन्द्र चापागाईं, सचिब राजेन्द्र प्रसाद तिमिल्सिना, सह सहिब दुर्गा के सि, कोषाध्यक्ष डाेलेन्द्र हमाल रहनु भएको छ ।
सहकारीले पातीचौरमा आफ्नै डेरी सञ्चालन गरेको छ । कृषकहरुबाट दूध संकलन गरी वितरण गर्ने, दुग्ध जन्य वस्तुहरूको उत्पादन गर्ने, मल बीउ वितरण, कृषकलाई तालिम लगायतका कार्यहरू समेत गर्दै आएको छ । उक्त सहकारी गत आर्थिक वर्षमा गण्डकीमा उत्कृष्ट घोषित भई पुरस्कृत समेत भएको थियो ।
साधारण सभामा सामाजिक उत्तरदायित्व अन्तर्गत गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई स्टेशनरी, नगद तथा पोशाक प्रदान गरिएको थियो । त्यसैगरी एसइइ मा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका सन्तानलाई सम्मान गरिएको थियो ।
