काठमाण्डौ ।
दुई दिन देखिको अविरल वर्षाले उपत्यकाको जनजीवन अस्तव्यस्त बनाएको छ । बाढी तथा पहिरोमा पारी हालसम्म उपत्यकामा मात्रै २१ ज़नाको मृत्यु भई सकेको छ ।
यसैबीच केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । शनिबार गृहमन्त्री रमेश लेखकले बाढी पहिरोसहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत, उद्धार तथा सहायता प्रभावकारी बनाउने विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो ।