बाढी पहिरोमा परी देशभर ३५ जनाको मृत्यु, ५० भन्दा बढी वेपत्ता

काठमाण्डौ ।

अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी विभिन्न जिल्लामा गरी हालसम्म ३५ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौंमा ९ जना, ललितपुरमा ९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर पाँचथरमा ३, धनकुटामा २ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ ।

काभ्रेमा पहिरोमा परेर ६ र धादिङमा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ५० भन्दा बढी बेपत्ता भएका छन् । १ हजार ७२ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *