जाजरकोट भूकम्प अपडेट: कम्तीमा १ सय ५७ जनाको मृत्यु, २ सय भन्दा बढी घाइते

पोखरा ।

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी शनिबार रातिसम्म कम्तीमा १ सय ५७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

उक्त भूकम्पबाट ७ जिल्ला प्रभावित भए पनि मृत्यु हुनेमा जाजरकोट र रुकुम पश्चिमका रहेका छन् । सबैभन्दा बढी जनधनको क्षति हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका ११, १२, १३ र १४ वडा तथा सानो भेरी नगरपालिकाका २, ३ र ४ वडा छन् ।

यस्तै जाजरकोटको नलगाड नगरपालिका–१ र भेरी नगरपालिकाका १, ३ र ४ वडामा भूकम्पले बढी क्षति पुर्‍याएको छ ।

भूकम्पको असर दैलेख, जुम्ला, सल्यान, प्यूठान र बैतडीसम्म नै परेको थियो । नेपाल प्रहरीका भूकम्पमा परी शनिबार रातिसम्म जाजरकोटमा १ सय ५ र पश्चिम रुकुममा ५२ जनाको मृत्यु भएको छ । जाजरकोटमा १ सय ६ र रुकुम पश्चिममा ८६ जनाभन्दा बढी घाइते भएका छन् ।

यसबाहेक दैलेख, जुम्ला, प्यूठान र बैतडीमा ३/३ गरी १२, सल्यानमा २, रोल्पा र दाङमा १/१ जना घाइते भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *