आईसीसी टी-२० विश्व कप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान खेल्दै

काठमाण्डाै ।

आईसीसी टी-२० विश्व कप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान बीच खेल हुने भएको छ ।

सो फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

समूह ‘ए’ मा रहेका दुवै टोली लिग चरणमा समेत भेट भएका थिए । लिग चरणको खेलमा ओमानले नेपाललाई ५ रनले हराएको थियो ।

सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि ओमानसँग खेल्न लागेकोले खेल थप रोचक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको फाइनल प्रवेश गरेका यी दुवै टोली सन् २०२४ मा वेस्ट इन्डिजमा हुने टी-२० विश्व कपमा छनोट भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *