पर्वत ।
जेनजी पुस्ताले राजधानीमा गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी बीच भएको झडपमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ। प्रदर्शनकारी हरु संसद भवन भित्र प्रवेश गरे पछि प्रहरीले अन्धाधुन्ध गोली चलाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतकको संख्या पुष्टि गरेको हो। यो विविरण सोमबार दिउँसो ४ बजेसम्मको हो।
राष्ट्रिय ट्रमा सेन्टरमा ६ जना ,सिभिल अस्पतालमा २ र एभरेष्ट अस्पतालमा ३ जना, केएमसीमा २,त्रिवि शिक्षण अस्पतालमा १ जनागरी १४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ।
प्रदर्शनका क्रममा सय जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको राजधानीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।
जेन जी को प्रदर्शनका कारण पोखरा, चितवन, दमक, बुटवल, इटहरी लगायका शहरहरू तनावग्रस्त बनेका छन् ।काठमाण्डौ, पोखरा, इटहरी लगायतका स्थानमा कर्फ्यु जारी गरिएको छ ।