नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । गृह मन्त्रालयमा ब्याक भएलगत्तै मन्त्री सुधन गुरुङले विभिन्न चार निर्णय गरेका छन्। मंगलबार राष्ट्रपतिबाट शपथ लिएर मन्त्रालयमा पदभार सम्हालेपछि गृहमन्त्री गुरुङले चार निर्णयमा हस्ताक्षर गरेका हुन्। आज पदभार ग्रहण गरेलगत्तै आफूले चारवटा निर्णय गरेको उनले जानकारी गराए ।
यस्ता छन् चार निर्णय
– २०५८ सालको दरबार हत्याकण्डको फाइल पुन खोल्ने ।
– जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने ।
– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने ।
– छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने र हरेक फाइल खोल्ने ।