अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मोदीमा र्‍याली तथा मादल बजाउने तालिम उद्धाटन

पर्वत ।

११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मोदी गाँउपालिकामा वृहत र्‍याली प्रर्दशन गरीएको छ । र्‍याली गाँउपालिका परिसर देखि सुरु भएर डिमुवा बजार हुदै मोदी सभाहलमा पुगेर कोणसभामा परिणत भएको हो । विश्वव्यापी रुपमा मार्च ८ गतेका दिन मनाईदै आएको अन्तर्राष्ट्रिय महिला दिवस हर्षोल्लासका साथ मनाउनको लागि मोदी गाँउपालिकाको आयोजनामा प्रभात फेरी तथा अध्यक्ष सँग दिदिबहिनी कार्यक्रम अन्तर्गत मादल बजाउने तालिम समुद्धाटन भएको छ ।

प्रभात फेरी कार्यक्रम तथा तालिम समुद्धाटनमा आमा समुह,महिला राजनितीज्ञ, महिला सहकारी, महिला स्वास्थ्य समुह, कर्मचारीहरु, शिक्षक,महिला स्वयंसेविका लगायतको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । मोदी गाँउपालिका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमा अध्यक्ष सँग दिदिबहिनी कार्यक्रम अन्तर्गत मादल बजाउने तालिम उद्धाटन गर्दै शर्माले महिलाको पहुँच हरेक क्षेत्रमा हुन अत्यावश्यक भएको बताउनुभयो । उहाँले आगामी दिनहरूमा श्रमिक महिलाहरूको अधिकार संरक्षण तथा समान ज्यालाका लागि आफ्नो पालिकाबाट पहल हुने बताउनुभयो ।

गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले कार्यक्रम माथि प्रकाश पार्दै “सबै महिला तथा बालबालिकाको लागि:अधिकार, समानता र सशक्तिकरण” नारालाई साकार पार्नको लागि महिला पुरुष दुबै उत्तिकै जिम्मेवार रहन पर्ने बताउनुभयो । कार्यक्रमा महिला राजनितीज्ञहरुले पनि महिला मुक्ति आन्दोलनमा धेरै महिलाहरुले ज्यान गुमाउनु परेको र उहाँहरुको संर्घषलेनै महिलाको हक अधिकारलाई सुनिश्चित गर्न सकिएको बताएका थिए ।

गाँउपालिकाले सोही अवसरमा अध्यक्ष सँग दिदिबहिनी कार्यक्रम अन्तर्गत मादल बजाउने तालिम सञ्चालन गरेको छ । २९ वटा महिला समुहहरुलाई मादल तथा झुर्मा प्रदान गरीएको छ । कार्यक्रम सञ्चालन महिला तथा बालबालिका विकास शाखा प्रमुख शोभा देवी शर्माले गर्नुभएको थियो महिलाहरुलाई हरेक क्षेत्रमा अगाडी लैजानको लागि यस्ता खालका तालिमहरु गर्दै आएको गाँउपालिकाले जनाएको छ । यस भन्दा पहिलाको महिला दिवसमा पाठेघरको मुखको क्यान्सर स्कृन टेष्टलगायमा कार्यक्रमहरु मोदी गाँउपालिकाले आयोजना गर्दै आईरहेको छ ।

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *