आज मदन-आश्रित स्मृति र विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रमको आयोजना गरिँदै

आज मदन-आश्रित स्मृति दिवस ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन ।  २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ ।  अबको शताब्दीमा ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट सत्ता कब्जा गर्नुपर्छ भन्ने नयाँ कम्युनिस्ट मान्यता स्थापित गराउने नेतालाई सम्झना गर्ने दिनको रूपमा पनि आजको दिनलाई लिइन्छ ।

मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय र माताहातका कमिटीसहित तीनका भातृ सङ्गठनहरूले विभिन्न कार्यक्रम गरी मदन–आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गरी दिवगत नेताहरूको सम्झना गर्ने भएका छन् । ‘जनताको बहुदलीय जनवाद’ (जबज) सिद्धान्तका प्रतिपादक नेताको रूपमा मदन भण्डारीलाई कम्युनिस्ट आन्दोलनको इतिहासमा सम्झिइन्छ ।सो सिद्धान्त प्रतिवादन गरे पछि भण्डारीलाई पुजिँवादी मुलुकका अमेरिकन मिडियाहरूले जीवित ‘कार्ल मार्क्स’भनेर संसारभर चिनाउने प्रयास गरेका थिए । उनको सिद्धान्त पछि विश्वभरिका कम्युनिस्टहरू ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ वाट श्रमजीवि बर्गको सत्ता स्थापनाका लागि लाग्नु पर्छ भनेर प्रेरित हुन पुगेको राजनीतिक विश्लेषकहरूले दाबी गर्छन् ।

आज  विश्व उच्च रक्तचाप दिवस

आज बुधवार विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत विभिन्न संघसंस्थाले विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने भएका छन् ।हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ । विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरेर बुधवार उच्च रक्तचाप दिवस मनाइँदैछ । दिवस सन् २००५ देखि मनाउन थालिएको हो । बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, नचाहिँदो सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले मानिसलाई हाइपरटेन्सिभ अर्थात् उच्च रक्तचापको बिरामी दिनप्रतिदिन बढ्दै गएका छन् ।

सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरूका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ ।सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन् । नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । शहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *