पोखरा महानगरपालिकाले करार कर्मचारी भर्ना प्रक्रिया रोक्यो

पोखरा ।

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले भर्ना गर्न लागेको करार कर्मचारीको परीक्षा र अन्तर्वार्ता स्थगित गरेको छ । महाशाखाले मंगलबार एक सूचना जारी गरी करार कर्मचारी भर्ना हाललाई रोकिएको जानकारी दिएको हो ।

महाशाखाले वैशाख ११ गते ४७ जना कर्मचारी करारमा भर्ना गर्न सूचना निकालेको थियो । जसअनुसार जेठ ६ गते लिखित, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताको कार्यतालिका थियो । तर, महानगरले मंगलबार नै सूचना निकालेर परीक्षा तथा अन्तर्वार्ता स्थगित गरेको हो ।

सूचना हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *