आज श्रावण(कर्कट) सक्रान्ति, सोमबारे औंसी

मोदी, पर्वत।

आज साउने संक्रान्ति अर्थात् कर्कट सक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने भएकाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ।

साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व शुरु हुने भएकाले पनि यसको महत्त्व रहेको छ। यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ।

गाउँघरमा साँझपख यो दिन लुतो फाल्ने गरिन्छ। अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फाल्ने चलन छ। यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास  रही आएको छ। तिTयसैगरी कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ।

किरात समुदायमा एकाबिहानै वन जंगलतिर गई फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुण्ड्याउने चलन छ। साँझपख थाल नाङ्लो र ढोल बजाइ भूतप्रेत भगाइन्छ। यस्तै सुदूर पश्चिमतिर पनि अगुल्टो फ्याँक्दै खराब तत्त्वलाई भगाउने चलन रही आएको छ ।

आज सोमबारे औँसी पनि हो ।वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ। यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने प्रचलन पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *