कस्तो बजेट आयो

अर्जुन पौडेल निर्जन
आज बजेट आऊने दिन
बिहानै देखी चहलपहल छ
रकम काट्ने र छाट्नेहरुको
सिंहदरबार तीर

मन्त्रीज्यु
रातो गलबन्दी पहिरेर
रातो रिबन भित्रको ब्रिफकेशबाट
रातो मसीले हस्ताक्षर गरेको
सेता पन्नाहरु पल्टाएर पढीरहेछन
देश तल पारेर
आफूलाई माथी पारीएका
काला अक्षरहरु
जसमा छ
देशका नदी बेचेर खर्च जुटाऊँने कुरा
चूरे उपहार दीएर छीमेकी खुशी बनाऊँने कुरा
बिजुली सस्तोमा दीएर महँगोमा किन्ने र
ढिकुटी मजबूत बनाउने कुरा
र थप छ त्यहा अझ
सक्षम युवा जनशक्ति बिदेश पठाऊने र बिदेशी मुद्रा भित्र्याउने कुरा

आज बजेट आऊने दिन
चहलपहल छ देशैभर
गाऊँ गाऊँ टोल टोल
रेडियो फुकीरहेछ मन्त्रीज्युको बजेट भाषण
पट्यारलाग्दो एकतमास
रेडियो सुन्नेहरुको जमात
केही नया आऊने आशामा
ब्यग्र प्रतीक्षा सहित सुनीरहेछन सुन्नेहरु
किसानको अनुदान काटीएको कुरा
शिक्षकरकर्मचारीको पोशाक भत्ता हटाईएको कुरा
देशका दीर्घकालीन महत्वका योजनाहरुको बजेट काटीएको कुरा
ब्यबसायी लाई कर बढ़ाऊने कुरा
अनी कार्यकर्ताको लागी भाग लगाऊँने ५र५ करोड़को कुरा पनी

बजेट सुन्दा लाग्यो
देश ठुलाबड़ाहरुको लागी हो
सत्ता र तिनका कार्यकर्ताहरुको लागी हो
भाषणमा सुनियो मात्र करोड़ करोड़को कुरा
अर्ब र खर्बको कुरा
तर अपशोच
अह सुनीएन
अधूरा सड़क,अस्पताल र बिकासका कुरा
बन्द उधोग चलाउने कुरा
रोज़गारी सृजन गर्ने कुरा
युवा र मज़दूरका कुरा
महिला र किसानका कुरा
दलित,जनजाति र अल्पसंख्यकका कुरा
र अझै सून्दै सुनीएन कतै
मेरो देश बनाउने कुरा
मेरो देश बचाऊने कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *