पर्वत ।
कुश्मामा इभी भ्यान र मोटरसाइकल ठोक्किएका छन् । कुश्मा नगरपालिका–४ स्थित माझमेलामा मोटरसाइकल र इभी भ्यान एकापसमा ठोकिएको हुन् । बागलुङ देखि पोखरा जाँदै गरेको ग.१.ज ९०२३ नम्बरको इभी भ्यान र कुश्मा देखि बागलुङ जाँदै गरेको बागमती प्रदेश ०२.०५३ प ९८३४ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार इभी भ्यानको ब्रेक नलागेका कारण गलत लेनमा गएर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार १ जना र इभी भ्यानमा सवार ४ जनासहित ५ जना घाइते भएका छन् ।
घाइते उनीहरूलाई प्रदेश अस्पताल पर्वतमा उपचारको लागि पुर्याइएको सूचना अधिकारी प्रहरी निरीक्षक सुमित श्रेष्ठले बताए । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।