कुश्मा नगरपालिकाको गणित विषय समितिको संयोजकमा पोखरेल

पर्वत ।

जिल्लाको कुश्मा नगरपालिकाका माध्यमिक तहमा अध्यापनरत गणित विषयका शिक्षकहरुको विषयगत समितिकाे संयोजकमा नारायण माविका प्रधानाध्यापक गोविन्द पोखरेल चयन हुनु भएको छ ।

कुश्मा नगरपालिका अन्तर्गत शिक्षा, यूवा तथा खेलकुद शाखाको आयोजनामा भेला भएका शिक्षकहरुबाट पोखरेल काे संयोजकत्वमा सात सदस्यीय समिति निर्माण गरिएकाे हो ।  समितिका अन्य सदस्यहरुमा देवराज पौडेल, साम्भवी अधिकारी, सरीता कुमारी गौतम, रामप्रसाद पौडेल, रामप्रसाद लामिछाने र हरिकृष्ण लामिछाने रहेका छन् ।

सो अवसरमा माध्यमिक तहमा गणित विषयको शिक्षण सिकाई सहजीकरणको क्रममा आफ्ना विद्यालयमा भोग्नु परेका समस्याहरुको बारेमा पनि छलफल गरिएको थियो  ।

नव गठित समितिले गणित विषयसँग सम्बन्धित सिकाइ समस्याहरूको पहिचान गरी समाधानका कार्यक्रमहरु सञ्चालन गर्ने  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *