खोटाङमा एयर डाईनेष्टीको हेलिकोप्टर दुर्घटना

खोटाङमा एयर डाईनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो ।

सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए ।
काठमाडौवाट शव लिएर गांउ पुगेको हेलिकप्टर वारीमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो ।
५ जना यात्रु सवार रहेकोमा एक जना घाईते भएको र अन्य सकुसल रहेको जानाकारीमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *