पर्वत ।
पर्वतको मोदी गाउँपालिकामा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो ।
भुकताङ्लेको सरौं निवासी ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जादेउरालीका ५७ वर्षीय शालिकराम तिमिल्सिनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालय पर्वतले जनाएको छ । तिमिल्सिना जीवनज्योति आधारभूत विद्यालयमा अध्यापनरत शिक्षक हुन ।
शनिबार साँझ ६.३० बजे आफ्नै घरको पिँढीमा चट्याङ लागेर अचेत बनेका तिमिल्सनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । हावाहुरी, र वर्षा भइरहेका बेला तिमिल्सिना भैँसी दुहुनका लागि गोठमा जान पिँढीमा निस्किँदा एक्कासि चट्याङ लागेको थियो ।
त्यसैगरी चट्याङ लागेर घाइते भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पुर्याइएकी शाहीलाई पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।