पर्वत ।
जिल्लाको मोदी गाउँ पालिका वडा नं २ कोरुँगामा बिहीबार राति चितुवाको आक्रमण बाट ६ ओटा बाख्रा मरेका छन् । गए राती स्थानीय कृषक तोप बहादुर हमालको फार्ममा पसी चितुवाले आक्रमण गरेको हो ।
कृषक हमालको घर कोरुँगा सामुदायिक वन सँगै जोडिएको छ । सडक छेउमा रहेको खोर भत्काएर चितुवाभित्र पसेको हो । चितुवाले व्याउने माउ बाख्राहरुलाई मारेकोले बढी क्षति भएको हमालले जानकारी दिए।
पछिल्लो समय सो क्षेत्रमा चितुवाकाे बिगबिगी बढेको छ । खेतबारी बाँझो रहेपछि बन क्षेत्र बढेको र जंगली जनावरहरुले सताउन थालेको कृषकहरु बताउँछन् ।