बेनी ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिवल प्रतियोागितामा सशस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।
आज भएको सेमिफाइनमा एपीएफले बागमति प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलको पहिलो सेटमा २५–२३ को नतिजा निकालेको बागमती दोस्रो,तेस्रो र चौथो सेटको खेलमा समालिन नसक्दा एपीएफले नतिजा आफ्नो पक्षमा पारेको थियो ।