“महिला हक अधिकार सबैको साझा सरोकार” भन्ने मुल नाराका साथ पाचौँ राष्ट्रिय महिला अधिकार दिवस मोदी गाँउपालिकामा सम्पन्न भएको छ । मोदी गाँउपालिका र सामाजिक विकास कार्यलय पर्वतको आयोजनामा सञ्चालीत कार्यक्रममा मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले महिलाहरुले पाएका अधिकारहरु र गरेका संघर्षहरु उदाहरणीय रहेको बताउनु भयो ।शर्माले महिलाहरु हरेक पक्षमा अब्बल भएका कारण समानतामा पनि ध्यान जानुपर्ने कुरामा जोड दिनुभयो । सामाजिक विकास कार्यलय पर्वतका प्रमुख मोहन चन्द« सुबेदीले आगामी वर्ष दिनहरुमा सबै सरोकारवालाहरुले विभिन्न सामाजिक सचेतना मूलक र सृजनात्मक कार्यक्रमहरु तय गरी महिलाहरुलाई अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभएको थियो । मोदी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले लंैगिक विषय यथार्थमा बहुआयामिक र बहुसरोकार हुने हुदाँ सवै महिलाहरु आर्थीक पक्षसगँ जोडीनु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा महिला समुहहरु, म्हिला जनप्रतिनिधी, महिला अधिकार कर्मीहरुले आफ्ना अधिकार कार्यनय्न हुनुपर्नेमा जोड दिएका थिए । गाँउपालिका र सामाजिक विकास कार्यलय पर्वतको आयोजनामा सञ्चालीत कार्यक्रमको सञ्चालन बालबालिका तथा महिला विकास शाखा प्रमुख शोभा देवी शर्माले गर्नुभएको थियो ।